Skip to content
Prabhu

सरकार आर्थिक वर्षको पहिलो महिनामा नै १० अर्ब ऋण उठाउँदै

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ। सरकारले सस्तो ब्याजदरको फाइदा उठाउँदै आर्थिक वर्षको सुवातदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार ११ वर्ष अवधिको विकास ऋणपत्र जारी गरी बुधबार १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । कार्यालयले बोलकबोलको माध्यमबाट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र साधारण नागरिकले समेत खरिद गर्न पाउने गरी ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । यो ऋणपत्र धितो राखी बैंकबाट कर्जासमेत लिन सकिन्छ । ऋणपत्र खरिद गर्न चाहनेले बुधबार ३ बजेसम्ममा आवेदन दिनुपर्ने छ । ऋणपत्रको बाँडफाँड भने बिहीबार गरिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal