Skip to content

म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी वितरण

nabil bank

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका १ सय ५० घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी ६ वटा बस्तीमा खानेपानी वितरण गरिएको हो ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पुर्‍याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार खानेपानी आयोजनाबाट झण्डै आठ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे गाउँपालिकाको समपुरक योजना, विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । ‘बस्तीमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन्’, उनले भने ‘गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिँदै आएको छ ।’

उक्त खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि ट्याङ्की निर्माण गरिएको थियो । गत आवमा ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । प्रशासकिय अधिकृत अधिकारीले भने, ‘निर्माणको अन्तिम चरणमा सांसद शङ्कर भण्डारीले जिआइ पाइपलगायत अन्य सामग्री व्यवस्था गरेपछि सम्पन्न गर्न सहज भएको हो ।’

विसं २०६६/६७ देखि सीमित मात्रामा लिफ्टिङबाट खानेपानी उपलब्ध गराउँदै आएको उक्त खानेपानी आयोजना सम्पन्न गर्न करिब ९५ लाख खर्च भएको म्याग्दे–४ का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालै सम्पन्न नयाँ लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्याको अन्त्य भएको छ ।

खानेपानी आयोजनाका अध्यक्ष टेकबहादुर श्रेष्ठको घरघरमा पानी पुगेपछि स्थानीयबासीमा खुसी छाएको बताए । ‘यसअघि बिहान उठेपछि स्थानीयलाई पानीकै चिन्ता हुन्थ्यो’, उनले भने, ‘अहिले घरघरमा पानीको धारा जडान भएपछि त्यो चिन्ता हटेको छ । स्थानीयको दैनिकी सहज बन्दै गएको अपेक्षा लिएका छौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi