Skip to content
Prabhu

आम्दानी घटेपछि लो बजेट एयरलाइन्सले ल्याए बिजनेस क्लासको सुविधा

एजेन्सी । बजेट एयरलाइन्स अर्थात् कम शुल्कमै सेवा दिँदै आएको अमेरिकाका स्पिरिट एयरलाइन्सले अब ग्राहकका लागि अतिरिक्त शुल्क लिएर बिजनेस क्लासको पनि सुविधा दिने भएको छ ।

एयरलाइन्सले ग्राहकका लागि ‘गो बिग’ नाममा बिजनेस क्लासको टिकट बिक्री गर्ने जनाएको छ । यसका लागि ग्राहकले अतिरिक्त रकम तिर्नुपर्नेछ । कम्पनीका अनुसार ग्राहकले क्याबिन नजिकै फराकिलो सिट प्राप्त गर्नेछन् ।
यी सीटहरू केही वर्षदेखि नै उपलब्ध भए पनि अब भने यात्रुले अतिरिक्त सुविधामा नास्ना र पेय पदार्थ (अल्कोहलिक वा न–अल्कोहलिक), एउटा ह्यान्ड लगेजलगायतका सुविधा पाउनेछन् । यो टिकट काट्ने यात्रुले बोर्डिङमा पनि प्राथमिकता पाउनेछन् ।

एयरलाइन्स उद्योगलाई पैसा कमाउन गाह्रो भइरहेको समयमा कम्पनीले गो बिगको अफर ल्याएको जनाइएको छ । “हामी स्पिरिटको इतिहासमा नयाँ युगमा प्रवेश गर्दैछौँ, र सस्तो मूल्यको यात्रालाई नयाँ उचाइमा पुर्याउने हाम्रो योजनाअनुसार काम भइरहेको छ”, स्पिरिटको सीईओ टेड क्रिस्टीले एक विज्ञप्तिमार्फत भनेका छन् ।

स्पिरिटले २०१९ पछि कुनै पनि वर्षमा नाफा नभएको जनाएको छ । यद्यपि गत वर्षको त्रैमास भने फाइदाभएको महिनाका रुपमा उसले चित्रण गरेको छ । कोरोना महामारीपछि यात्रुहरु सन् २०२१ मा माात्रै हवाई यात्रामा फर्किएपनि सस्तो मूल्यमा सेवा दिइरहेको विमान कम्पनीहरु प्रतिस्पर्धामा संघर्ष गरिरहनु परेको छ । स्पिरिटले हालै लो बजेटको विमान विमानफ्रन्टियर एयरलाइन्ससँग र पछि जेटब्लू एयरवेजसँग मर्जको पनि तयारी गरिरहेको छ ।

पछिल्लो हप्ता, अमेरिकीको पुरानो सस्तो मूल्यको विमान साउथवेस्ट एयरलाइन्सले हालसम्म प्रयोगमा ल्याएको खुला सिट नीतिको अन्त्य गर्दै ग्राहकलाई पहिलो पटक सिट सुरक्षित गर्ने योजना ल्याएको छ । यसबाट कम्पनीको आम्दानी थप हुने विश्वास गरिएको छ भने यात्रुले पनि सहज सेवा पाउने अपेक्षा गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal