Skip to content
Prabhu

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब रुपैयाँ भन्दा बढीको राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रुपैयाँको राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज ६ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ एक करोड ९२ लाख ८४ हजार र अन्यमा २ लाख ४१ हजार रुपैयाँ राजस्व संलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आव २०८०÷८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८.०२ प्रतिशत राजस्व संकलन भएको सुवेदीको भनाइ छ । आव २०७९÷८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनले बताए । आव २०७९÷८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो ।

खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको संकुचनले गर्दा अन्तशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । ‘जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन’, उनले भने, ‘लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्