Skip to content
Prabhu

साताको सुनः ६ दिनमा ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कुन दिन कति बढ्यो ?

काठमाडौं । एक सातामा सुनको मूल्य ४ हजार २०० रुपैयाँले मंहगो भएको छ । गत साता १ हजार ५०० रुपैयाँले घटेको सुनमो मूल्य यो साता नयाँ रेकर्डसँगै उच्च मूल्यमा वृद्धि भएको हो ।

यो साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यो साता नेपाली बजारमा सुनले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । यो साताको अन्तिम कारोबार दिन शुक्रकार नेपाली बजारमा सुनको मूल्य १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

साताको ६ कारोबार दिन मध्ये एक दिन मात्रै सुनको मूल्य घटेको छ भने बाँकी पाँच दिन उच्च मूल्यमा बढेको छ । आइतबार सुनको मूलय १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सो मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ४६ हजार १०० रुपैयाँ पुगेको थियो । मंगरबार भने नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको थियो । सो दिन सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस पछिका बाँकी दिन सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो । त्यो दिन नेपाली बजारमा सुनको मूल्य १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले मंहगो भएको थियो ।

त्यो दिन नेपाली बजारमा सुनको मूल्य १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यस अघि नेपाली बजारमा साउन २ गते सुनको मूल्य १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यस पछि केही घटेको सुनको मूल्यले शुक्रबार त्यो रेकर्डलाई तोडेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal