Skip to content

बेरुजू फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बुधबार र बिहीबार आयोजना भएको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समिक्षा कार्यक्रमको समापन बैठकमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिए ।

गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरि पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन पनि उनले निर्देशन दिए ।

पुल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भिर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण कार्यअघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए । देशभरिमा निर्माण शुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि शुरु नभएका वा पूरा नभएका, त्रुटी देखिएका पुलहरुको समस्या लामो समय सम्म रहन नदिन उनले निर्देशन दिए ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रम जस्ता विशेष महत्वका क्षेत्रमा श्रोत साधनको अभाव हुन नदिने समेत उनले प्रतिवद्धता जनाए । यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजश्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरण लगायतमा सहयोग पुाग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले जनाए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघि नै देश भरिका सडक खाल्डा रहित बनाउने काम अघि बढाउन निर्देशन दिए । गत आर्थिक वर्षको पूँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरि काम गर्न निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देश भरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिधिनधीहरुको पनि सहभागीता रहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi