Skip to content

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु

nabil bank

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु निर्वाचित भएका छन् । संघको २०औँ वार्षिक साधारणसभाबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

वार्षिक साधारणसभाले आगामी तीन वर्षको लागि मारुको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण छन् ।

नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजीक्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने तथा सम्पूर्ण सिमेन्ट उद्योगीलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुंगा उत्खनन्, वन, विद्युत्, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारुले बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi