Skip to content

 युक्रेनलाई अमेरिकामा बनेको लडाकू विमान 

nabil
global ime
युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ  ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताए ।
दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ ।
“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उनले भने ।
युक्रेनी त्रिशूलले ब्रान्ड गरिएका दुई खरानी रङका आंशिक रूपमा ढाकिएको एफ–१६ जस्तै देखिने अगाडि जेलेन्स्की उभिएका थिए ।  पत्रकारहरूलाई सुरक्षाका कारण यसको खुलासा नगर्न भनिएको थियो ।
“यी विमानहरूमा निपुणता हासिल गरिरहेका हाम्रा सबै केटाहरूमा मलाई गर्व छ र पहिला नै हाम्रो मुलुकका लागि यसको प्रयोग सुरु गर्न थालिसकेका छन्”, जेलेन्स्कीले भने ।
उहाँले कति जेट पठाइएका थिए र ती जेटका विशिष्ट कामका बारेमा टिप्पणी भने गरेनन् । यद्यपि एएफपीका पत्रकारहरूले घटनास्थलमा कम्तीमा दुई वटा एफ–१६ देखेका छन् ।
किएभका सेनाले हालैका साताहरूमा रुसी सैनिकको अग्रतालाई रोक्न सङ्घर्ष गरिरहेका बेला यो घोषणालाई सम्भवतः धेरैले स्वागत गर्नेछन् ।
लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ ।
अपर्याप्त
यद्यपि जेलेन्स्कीले अझ धेरै एफ–१६ आवश्यक रहेको बताए । “युक्रेनमा हामीसँग जतिवटा एफ–१६ विमान छन् र जति पाइलट पहिला नै प्रशिक्षित भइसकेका छन् त्यो अनुसार पर्याप्त छैन भन्ने हाम्रा साझेदारहरूलाई थाहा छ”, उनले भने, “हामीले थप एफ–१६ को अपेक्षा गरिरहेका छौँ ।”
धेरै नाटो मुलुकले विभिन्न सङ्ख्यामा लडाकू विमानहरू आपूर्ति गर्ने वाचा गरेका छन् र महिनौँदेखि युक्रेनी  पाइलट र चालक दललाई प्रशिक्षण दिइरहेका छन् ।
जेलेन्स्कीले डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका र अन्य सहयोगीहरूलाई धन्यवाद दिए ।
हालैका महिनाहरूमा रुसी हवाई अभियानका बीचमा राष्ट्रपति जेलेन्स्कीले सहयोगीहरूसँगको बैठकमा युक्रेनलाई राम्रो हवाई सुरक्षाको आवश्यकतालाई आफ्नो एजेन्डाको सबैभन्दा माथि राखेका थिए ।
मे महिनामा एएफपीसँगको अन्तरवार्तामा जेलेन्स्कीले युक्रेनलाई रुसी वायु शक्तिसँग समानता हासिल गर्न करिब एक सय ३० वटा एफ–१६ को आवश्यकता रहेको बताएका थिए । यद्यपि युक्रेनका साझेदारहरूले अहिलेसम्म एक सयभन्दा पनि कम एफ–१६ पठाउने वाचा गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima