Skip to content
Prabhu

सुनको मूल्य एकैदिन प्रतितोला २३ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला २३ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७  सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४०९.०४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.२२ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal