Skip to content

जहाजमा बच्चा बेहोस भएपछि काठमाडौं आउँदै गरेको बुध्दको विमान विराटनगर फर्कियो

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको जहाज मेडिकल इमरजेन्सीपछि विराटनगरनै फर्किएको छ । बुधबार मध्याह्न काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा विमान सवार एक बिरामी बच्चा बेहोस भएपछि विराटनगर नै फर्किएको हो।

बच्चा बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको कार्यालयले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T