Skip to content
Prabhu

बुधबार पनि घट्यो सुनको मूल्य, दुई दिनमा ३७ सय रुपैयाँको गिरावट

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो २ दिनमा छापावाला सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ।

यस्तै, नेपाली बजारमा बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९३.५६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.२५ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal