काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज पनि अमेरिकी डलर उकालो लाग्ने क्रममा जारी छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९१ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४५ पैसा कायम छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ रुपैयाँ ७८ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२ रुपैयाँ ९१ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १७ पैसा कायम छ ।












प्रतिक्रिया दिनुहोस्