काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा खानेपानीको मूल्य जथाभावी नलिन चेतावनी दिएको छ ।
काठमाडौं उपत्यकामा बिक्री हुने जारको पानी (२० लिटर) प्रतिगोटाको अधिकतम खुद्रा विक्री मूल्य ४७ रुपैयाँ र बोतल (१ लिटर) प्रतिगोटाको अधिकतम खुद्रा विक्री मूल्य १६ रुपैयाँ रहेको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानुनको अधिनमा रही तय गर्नुपर्ने छ । कम्पनीहरुले उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानुनी व्यवस्था छ ।
विभिन्न पानी उत्पादकहरूले होटल र रेष्टुरेण्ड र व्यावसायिक फर्मसंग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक(फरक एमआरपी लगाई बजारमा पठाउने गरेको विभागले जनाएको छ ।
यसरी मनपरी मूल्य लिनु उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६(२) ग(१) बमोजिम निषेधित कार्य भित्र रहेकोले उक्त कार्य नगर्न नगराउन विभागले भनेको हो । कम्पनीहरुले व्यवस्था पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।













प्रतिक्रिया दिनुहोस्