Skip to content

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

nabil bank

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो ।

मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले काम थालेको छ वर्षपछि बत्ती बालिएको बताए । उनले भने, ‘घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा वर्षौँको प्रयासपछि बत्ती बलेको छ ।’

मालिका–१का चार सय ६८ का सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए । यसअघि त्यहाँका बासिन्दाले रुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए ।

नेपाल विद्युत् प्राधिकण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिकाको वडा नं १, २, ३ र ४ वडाका पाँच सय ५० घरमा हालै विद्युतीकरण गरिएको जानकारी दिए। आव २०८०÷८१ मा एक हजार चार सय ३८ उपभोक्ता थपिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi