Skip to content
Prabhu

सूर्य नेपालले १ वर्षमा गर्‍यो २९ खर्बको व्यापार, गत वर्षभन्दा ७.८१ प्रतिशतले बढी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको १ वर्षमा चुरोट कारोबार ७.८१ प्रतिशत बढेको छ। हिजो बिहीबार रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँ कारोबार गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीको कारोबार सन् २०२२ को तुलनामा २०२३ मा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ अर्थात् ७.८१ प्रतिशत बढी हो ।

कम्पनीको व्यापार क्रमशः बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । कम्पनीले ५ अर्ब ७५ करोड बैंक कर्जाका लागि ‘केयर एनपी ए १ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ । कम्पनीले सूर्य लिजेन्ड, सूर्य लक्जरी किस, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्ग्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली, चौतारी ब्रान्डका चुरोट र अगरबत्ती पनि उत्पादन गर्दछ ।

सूर्य नेपालमा आइटीसी लिमिटेड, भारतको ५९ प्रतिशत सेयर हिस्सा रहेको छ भने बाँकी ३९ प्रतिशत नेपाली नागरिक र २ प्रतिशत सेयर हिस्सा ब्रिटिस अमेरिकन टोब्याको लिमिटेडको लगानी छ । कम्पनी सन् १९८६ मा स्थापना भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal