Skip to content
Prabhu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरवाट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस २ हजार ४३१.८७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.४३ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal