Skip to content
Prabhu

आम्दानी बढेपनि ओरियण्टल होटलको नाफा घट्यो

काठमाडौं । ओरियण्टल होटल लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २३.९२ प्रतिशतले नाफा घटेको हो ।

वित्तीय विवरण अनुसार अघिल्लो आवमा १६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको यस होटलले गत आवमा १२ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेको छ । त्यस्तै, होटलको कुल खर्च ८.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेको छ । नाफासँगै होटलको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ ४२ पैसा घटेर १० रुपैयाँ ८४ पैसामा झरेको छ । सो अवधिसम्ममा होटलको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ४१ पैसा रहेको छ । होटेलको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal