Skip to content
Prabhu

घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य समान ३–३ रुपैयाँ घटाएको छ । यो सँगै अब पहिलो वर्गमा पेट्रोलको मूल्य लिटरमा १६२ रुरपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गमा १६५ रुपैयाँ पर्ने छ । त्यस्तै जिडेल र मट्टितेल पहिलो वर्गमा १५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५४ रुपैयाँ र तेस्रो वर्गमा १५५ रुपैयाँ पर्ने छ ।

निगमाले तोके अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनकगढी र विरगन्ज रहेका छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखार र दिपालय छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal