Skip to content
Prabhu

१ वर्षमा ७ लाख बढी बिदेसिए, साढे १४ खर्बको रेमिट्यान्स भित्रियो

काठमाडौं । गत आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।

यो अघिल्लो आवको सोही अवधिको भन्दा १६.५ प्रतिशतले बढी । अघिल्लो आवमा विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो ।

आव २०८०/८१ मा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal