तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।












प्रतिक्रिया दिनुहोस्