Skip to content
Prabhu

मौद्रिक नीतिमा सानो सुधारले अर्थतन्त्रमा सुधार आयोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिका कारण अर्थतन्त्र सुधारमा देखिएको बताएका छन् । आज नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा भएको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवलल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

ठूला दलको नेतृत्वमा सकार बनेको र राष्ट्र बैंकले लचिलो मौद्रिक नीति आएका कारण सेयर बजारलगायत क्षेत्रमा सुधार देखिएको भन्दै समग्र अर्थतन्त्रमा सुधार देखिएको उनको भनाइ छ । ‘अहिले समग्र अर्थतन्त्रमा देखिएको चहलपहलले निजी क्षेत्र उत्साहित भएको छ,’ उनले भने ।
नेपालमा लगानी वृद्धि गर्नका लागि सबैको साझा एजेण्डा बन्नु पर्ने उनको भनाइ छ ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबै राजनीति दलहरु एक ठाउँमा आउनुपर्ने उनको तर्क थियो । सेयर बजारमा उत्साह देखिएको र घरजग्गाको व्यवसायमा पनि सुधार देखिएको उनले बताए। पर्यटक क्षेत्रका लागि पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि काम गर्नुपर्ने उनको सुझाव थियो ।

उत्पादन र पर्यटन विकासका लागि स्थायित्व आवश्यक रहेको भनाइ छ । साना उद्योगहरुलाई पनि सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal