Skip to content
Prabhu

अर्थतन्त्र अझै पनि पूर्णरूपमा शिथिलताबाट बाहिर आइसकेको छैनः उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले पनि अर्थतन्त्र पूर्णरूपमा शिथिलताबाट बाहिर आइनसकेको बताएका छन् । आज नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा भएको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवलल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषय अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

‘सरकार सबै क्षेत्रका निराशालाई चिर्दै अघि बढीरहेको छ । तर अहिले पनि हामी पूर्णरूपमा शिथिल अर्थतन्त्रबाट बाहिर आउन सकेका छैनौ,’ उनले भने,‘अहिले युवा, किसान, मजदुर, व्यवसायी सबैमा निराशा छ । यसलाई चिर्नका लागि यो सरकारको पहिलो प्राथमिकता हो ।’ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

निजी क्षेत्रको पीडामा मलम लगाउनका लागि सकाराल सधैं तयार रहेको उनले बताए । ‘निजी क्षेत्र वा व्यवसायीहरु पीडामा रहेको बेला यो सरकार टुलुटुलु हेरेर बस्दैन,’ उनले भने । अहिलेको सरकारले निजी क्षेत्र लगात सबै क्षेत्रमा आशा जागाउने गरी काम गरिरहेको उनले बताए। ‘सरकारको संकल्प नै निजी क्षेत्रलाई सहजा बनाउने हो,’ उप प्रधानमन्त्री पौडेलले भने ।

अहिले अर्थतन्त्रमा केही सुधार देखिएको भए पनि पूर्णरूपमा अर्थतन्त्र सुधार भएको अवस्था नभएको भने उनले स्वीकार गरे । ‘अहिले केही सुचक सधारात्मक छन् । जस्तै सेयर बजार, राजश्व संकलन, पुँजीगत खर्च । तर, यो सानो अंश मात्रै हो,’ उनले भने ।

चालु आर्थिक वर्षमा सरकारले गत आवको भन्दा २० प्रतिशत राजश्व संकलन गरेको उनले जानकारी दिए । ‘चालु आर्थिक वर्षका पहिलो महिनामा गत वर्षको भन्दा २० प्रतिशत बढी राजश्व संकलन भएको छ । तर, बजेटको लक्ष्य पूरा गर्नका लागि हामीले ३० प्रतिशतले राजश्व संकलन बढाउनुपर्ने हुन्छ,’ अर्थमन्त्री पौडेलले भने ।

अहिले केही सकारात्मक देखिएको भए पनि यसमा थप सुधारको खाँचो रहेको उनले बताए । अहिले पुँजी बजारसँगै घरजग्गाको कारोबार पनि वृद्धि भइरहेको उनको भनाइ छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण अहिलेको अर्थतन्त्रमा सुधार देखिएको उनको दाबी छ ।

अहिले रेमिट्यान्स आउने क्रम बढेको र विदेशी मुद्राको सञ्चिति पनिमा सुधार देखिएको उनले बताए । ‘अहिले रेमिट्यान्स उत्साहजनक रहेको छ । विदेशी सञ्चिति पनि उत्साह जनिक नै रहेको छ । छोटो समयमा देखिएको संकेतलाई लामोसमय जानु पर्ने आवश्यकता छ,’ उनले भने ।

राजस्वले खर्च धान्न सक्ने अवस्था अहिले पनि नरहेको उनले बताए । त्यस्तै पुँजीगत खर्चलाई पनि अझ गुणात्मक बनाउनु पर्ने र त्यसमा सरकारल लागि रहेको उनको भनाइ छ । बजेटमा नसमेटिएको दायित्वको बढी रहेकाले यसमा पनि सुधारको खाँचो रहेको उनले बताए । निर्माण व्यवसायीले गरेको कामको भुक्तानी भइरहेको उनले जानकारी दिए ।

‘अहिले निर्माण व्यवसायीको भुक्तानी भइहरेको छ । म आएको पहिलो दिन देखिनै यो कुरा सुन्दै आएको हुँ । अझै पनि कसैको रित्त पूर्वक गरेको कामको भुक्तानी हुन बाँकी छ भने आउनुस् त्यो भुक्तानी पाउनु हुन्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal