Skip to content

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह

मस्को । पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।

अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भए पनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।

दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उनको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उनको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।’

‘अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima