Skip to content
Prabhu

साउन महिनामा १ खर्ब २८ अर्बको आयात, धेरै आयात हुने शीर्ष १० वस्तु

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले विदेशबात १ खर्ब २८ अर्बभन्दा बढीको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुवै घटेको छ । साउन महिनामा नेपालको कुल व्यापार १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबर छ । चालु आर्थिक वर्षको पहिलो महिनामा पनि अरु बेलाको जस्तै धेरै आयात हुने वस्तुमा डिजेल, पेट्रोल, एलपी ग्यासलागतका वस्तुहरु छन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा सबै भन्दा धेरै आयात डिजेल भएको छ । साउन महिनामा नेपालले ६ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको डिजेल आयात भएको छ । साउन महिनामा नेपालले ७२ हजार ५२ किलोलिटर डिजेल आयात गरेका छ।

त्यस्तै साउन महिनामा धेरै आयात हुने वस्तुको दोस्रो नम्बरमा पेट्रोल रहेको छ । विभागका अनुसार साउन महिनामा ५ अर्ब ६९ करोड ३५ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । यो अवधिमा नेपालले ५९ हजार ६४४ किलोलिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै धेरै आयात हुने वस्तुको तेस्रो नम्बरमा खाना पकाउने एलपी ग्यास रहेको छ । साउन महिनामा ४ करोड ५७ लाख ३६ हजार ९०७ केजी खाना पकाउने एलपी ग्यास आयातका लागि ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ ।

त्यस्तै साउन महिनामा अन्य युरियाको आयात पनि ४ अर्ब २७ करोड ७७ लाख रुपैयाँको आयात भएको छ । साउन महिनामा अन्य युरियाको आयात ७ करो ६१ लाख ९६ हजार ६०० केजी आयात भएको छ ।

साउन महिनामा धेरै आयत हुने वस्तुको शीर्ष १० मा परेको वस्तु हो लौह उत्पादनहरू फलामको अवश्यक । साउन महिनामा ३ अर्ब ७२ करोड ७२ लाख रुपैयाँको ८ करोड १७ लाख ५९ हजार २४० केजी यस्तो वस्तु आयात भएको छ ।

धेरै आयात हुने वस्तुको पाँचौं नम्बरमा स्मार्टफोन रहेको छ । नेपालले विदेशबाट चालु आर्थिक वर्षको पहिलो महिनामा ३ अर्ब ४६ करोड ६३ लाख रुपैयाँको स्मार्टफोन आयता गरेको छ । साउन महिनामा २ लाख २५ हजार १६३ पिस स्मार्ट फोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै साउन महिनामा ६०० एमएम सम्मका फ्ल्याट/हट–रोल्ड फलाम/स्टील, कोलिसमाको आयात पनि उल्लेख्य मात्रामा भएको छ । यो वस्तुको आयात साउन महिनामा ३ अर्ब ४ लाख रुपैयाँको आयात भएको छ । साउनमा यस्तो वस्तु ३ करोड ५९ लाख १९ हजार १०३ केजी आयात भएको छ ।

त्यस्तै नेपालले साउन महिनामा कच्चा सूर्यमुखी तेल आयातका लागि २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । साउन महिनामा कच्चा सूर्यमुखी तेल १ करोड ९७ लाख २४ हजार ७५० लिटर आयात भएको छ ।

साउन महिनामा औषधी जन्य वस्तुको आयातका लागि २ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । साउनमा यस्तो बस्तुको आयात १४ लाख २९ हजार ६५० केजी आयात भएको छ । त्यस्तै यो अवधिमा डायमोनियम फास्फेटको आयाता १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको भएको छ । साउन महिनामा यस्तो वस्तु १ करोड ८१ लाख ४१ हजार केजी आयात भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal