Skip to content

बुटवल उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीलाई यती एयरलाइन्सको मोबाइल एपबाट टिकट काट्दा ६ सयसम्म छुट

nabil
global ime

काठमाडौं । बुटवल उद्योग वाणिज्य संघ र यती एयरलाइन्स लिमिटेडबीच संघमा आबद्ध व्यवसायी सदस्यहरुलाई यती एयरलाइन्सले आन्तरिकतर्फको हवाई भाडामा छुट प्रदान गर्ने भदौ १३ गते संघ सचिवालयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीअनुसार आबद्ध सदस्यहरुले यती एयरलाइन्सको मोबाइल एपबाट टिकट काट्दा उडान क्षेत्रअनुसार ३ सय ५० देखि ६ सय रुपैयाँसम्म छुट प्राप्त गर्ने छन् भने लगेजमा संघले जारी गरेको सदस्यता परिचयपत्र देखाई ५ किलो थप सुबिधा लिनसक्नेछन् । सो समझदारी पत्र हाललाई एक वर्षको लागि हुनेछ ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गर्दै  अध्यक्ष हरिप्रसाद अर्यालले यस प्रकारको सुबिधाले हवाई व्यवसायको प्रबर्द्धन हुनुको साथै व्यवसायी सदस्यहरुलाई उक्त एयरलाइन्स प्रयोगको लागि प्रोत्साहन  पनि हुने विश्वास व्यक्त गरेका थिए  ।

यती एयरलाइन्सका भैरहवा स्टेसन मेनेजर अनुप ढकालले यात्रुलाई सुबिधा थप गर्नुको साथै बिशिष्ट सेवा प्रदानगर्ने लक्ष्य रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima