Skip to content
Prabhu

एससिटीले ल्यायो तिर्की दाउः ट्रायल अफर सार्वजनिक, पीओएसमार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक

काठमाडौं । हरितालिका तीज, बडा दसैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउः ट्रायल अफर’ सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा ७ सय ७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हालसम्म एससिटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससिटी–यूपीआई डेबिट कार्ड प्रयोग गरेमा १ सय ११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३ सय ३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै, सात वा सोभन्दा धेरै कारोबार गर्दा ७ सय ७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५ सय रुपैयाँ वा सोभन्दा धेरै हुनुपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा बन्देजहरू एससिटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal