Skip to content
Prabhu

राजस्व परिचालन प्रभावकारी नभए सुधार हुँदैन, अर्थतन्त्र अहिले दबाबमा छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् ।

काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उनले भने, ‘आजभोलि चलनचल्तीको भाषा छ, अर्थतन्त्र अहिले दबाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन् । वास्तवमा म चाहिँ यो दबाब व्यक्तिगत रुपमा गहिरो रुपले हेरिरहेको छु । कति भुक्तानीहरु गर्न बाँकी छन् । यदि राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौं भने कसरी अगाडि बढ्न सकौंला भन्ने चिन्ता छ ।’

उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएता पनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । उनले भने, ‘गत वर्षको तुलनामा केही प्रगती भएको भए तापनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन् ।’

भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलका साथ काम गर्न अर्थमन्त्री पौडेलले निर्देशनसमेत दिए । उनले भने, ‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलका साथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् । भन्सारका सदस्यहरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस् ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्