Skip to content
Prabhu

ओरियन्टल होटेल्सको लाभांश घोषणा

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले आ.व. २०८०/८१ को मुनाफावाट आफ्ना सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले असोज २० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ७ देखि असोज २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्