Skip to content

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार नयाँ रेकर्ड बनेको सुनको मूल्यमा आज फेरि अर्को रेकर्ड बनेको हो ।

आज नेपाली बजारमा सुनको मल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार रुपमा बढिरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो टे«ण्ट लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५७८.२४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.७५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi