Skip to content

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलामा ५ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार पनि कीर्तिमान कायम गरेको सुनको मूल्यले आज फेरि नयाँ उचाइको विन्दु पार गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । गत साताको शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो टे«ण्टलगायतका कारणले सुनको मुल्य बढ्न सघाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस २ हजार ५८६.१२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३०.९९ डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi