Skip to content

टेक्नोको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ स्मार्टफोन फोन नेपाली बजारमा

nabil
global ime

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले टेक्नो स्पार्क गो वान स्मार्टफोन फोन नेपाली बजारमा ल्याएको छ । मात्रै ११ हजार ९ सय ९० मुल्य रहेको यो फोन बाट ग्राहकहरुले न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । यो फोन सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै माध्यमबाट नेपाली बजारहरूमा उपलब्ध हुनेछ।

१२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि डीटीएससहितको डुअल स्टेरियो स्पिकरहरू भएको स्पार्क गो वानबाट प्रयोगकर्ताले उच्च स्तरको गेमिङ अनुभब गर्न पउने कम्पनीको दाबी रहेको छ ।

टेक्नो नेपालका बितरक सन्तोष भण्डारीका भन्छन्, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ ।

स्पार्क गो वान योभन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima