काठमाडौं । बिहीबार सेयर बजार ३२ अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य घट्यो । २०२ कम्पनीमध्ये आज एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
आजको कारोबार बन्द हुँदा ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य ५९ रुपैयाँले घटेर ५३१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दोर्दिखोला जलविद्युत कम्पनी, अपि पावर कम्पनी, थ्रीस्टार हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावरको रहेका छन् ।
आजको कारोबार बन्द हुँदा दोर्दिखोला जलविद्युतको सेयर मूल्य ७.६९ प्रतिशत अर्थात् ३३ रुपैयाँले घटेर ३६९ रुपैयाँ पुगेको छ । अपि पावरको सेयर मूल्यमा पनि २२ रुपैयाँ ९० पैसाले घटेर २८४ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४६ प्रतिशतले कम हो ।
आज थ्री स्टार हाइड्रोको सेयर मूल्य पनि ५७ रुपैयाँले घटेको छ । यो कम्पनीको सेयर मूल्य ७९० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्द्या ६.७३ प्रतिशतले कम हो । आज इन्ग्वा हाइड्रोको सेयर मूल्य पनि ६.६७ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले घटेर ४७६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्