Skip to content

महासंघले बाढी प्रभावित प्रत्येक जिल्लामा १ लाख नगद सहयोग गर्ने

nabil
global ime

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढी पहिरो प्रभावित जिल्लामा एक एक लाखका दरले आर्थिक सहयोग गर्ने भएको छ । यहि असोज १० गतेदेखिको अवरिल वर्षाले क्षति पु¥याएका जिल्लामा महासंघले १ लाखका दरले सहयोग गर्ने भएको हो ।

महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्पmत उक्त रकम राहतका लागि उपयोग गरिने महासंघले जनाएको छ । यसका साथै विपद्को यस समय आ–आप्mनो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्यलगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्विराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गर्दछ ।

यसैगरी बाढी पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आप्mना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गरेको छ । उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धार कार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आप्mना सदस्यहरुलाई आग्रह गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको जनाएको छ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima