Skip to content

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न

nabil
global ime

काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ । ललितपुरको पाटन दरबार परिसरमा भव्य समारोह बीच आयोजित एक्सपो सम्पन्न भएको हो ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु रहेका थिए । ती स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिनु दिइन् । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यत्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको यस एक्सपोको समापन समारोहमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो । साथै, कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो ।

रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको कार्यक्रम यहि असोज ११ गते शुरु भई असोज १४ गते सम्पन्न भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima