Skip to content

आजदेखि श्री एयरलाइन्सले काठमाडौं–भरतपुर उडान भर्ने

काठमाडौं । आजदेखि श्री एयरलाइन्सले काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि सो रुटमा दैनिक दुवटा उडान हुनेछ ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा ४ हजार ५ सय रुपैयाँ राखिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T