काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार मात्र १० करोड २६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । कोषका लागि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट ५ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।
यसैगरी नेपाल बैंक लिमिटेडबाट २ करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु एक करोड, एनएमबी बैंकबाट ५१ लाख रुपैयाँ, नेपाली कांग्रेसबाट ५० लाख रुपैयाँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट ५० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सबाट ५० लाख रुपैयाँ र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख रुपैयाँ,सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्