Skip to content

जय अम्बे स्टील्सले आईपीओ निष्कासन गर्ने

nabil
global ime

काठमाडौं । नेपालको सबैभन्दा आधुनिक जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त जय अम्बे स्टील्स लिमिटेडले साधारणसभाबाट सर्वसाधारणहरुमा निष्काशन गरिने धितोपत्रहरुको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को विशेष प्रस्ताव पारित भएपश्चात् तोकिने साधारण सेयरहरु प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यावसायिक समूहहरुमध्ये एक हो जसको वार्षिक कारोबार ४ हजार करोडभन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रही २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता १,००० टन प्रतिदिन रहेको छ ।

‘अम्बे’ ब्रान्ड अन्तर्गत, क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।

जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पु¥याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।

उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima