काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्