Skip to content
Prabhu

स्याङजाको सुन्तला र पर्यटन प्रबर्द्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

nabil

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रबर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् स्याङजा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अब रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।

उनले भने, ‘जिल्ला जिल्लाका व्यवसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।’ उनले यो डेढ वर्षको अबधिमा लगानी प्रबर्द्धनका लागि देशभित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून संशोधन गरेको जानकारी गराए ।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, करसम्बन्धी समस्या लगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको जानकारी गराए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal