Skip to content

प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो

सप्तरी । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । चालु आवमा रु. आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकामा कार्यालयले प्रथम त्रैमासिकमा रु. एक करोड १५ लाख ३७ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको हो ।

सुरुको तीन महिनामा रु. दुई करोड ११ लाख २४ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर त्यसको ५४.६१ प्रतिशत मात्र राज्श्व उठ्न सकेको कार्यालयले जनाएको छ । साउनमा ६७ लाख २३ हजार मासिक लक्ष्य राखेकामा ३३ लाख ८८ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले जानकारी दिए ।

गत भदौमा रु. ७३ लाख ५५ हजारमा १९ लाख ३८ हजार मात्र राजस्व उठेको थियो । भदौ महिनामा लक्ष्यको २६.३५ प्रतिशत मात्र राजश्व उठेको थियो । गत असोजमा रु ७० लाख ४६ हजार लक्ष्य राखेकामा रु. ६२ लाख ११ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी भगतले जानकारी दि । राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण खुल्ला सिमानाका तथा भन्सार आउने मुख्य सडक नै बाढीले कटान हुनु रहेको उनले बताए ।

‘एक त खुल्ला सीमानाका छ, अर्को यहाँ तीन सय मिटर अगाडि कार्यालय आउने मुख्य सडकमै जिता नदीको बाढीले कटान गरेको छ, गाडी आवतजावत पूर्ण रूपले ठप्प छ, यसले राजस्व सङ्कलनमा असर परेको छ,’ उनले भने । गत आर्थिक वर्षमा रु. ६ करोड ५० लाख ३४ हजार लक्ष्य लिएको भन्सार कार्यालयले रु आठ करोड सात लाख ४७ हजार राजस्व प्राप्त गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima