Skip to content
Prabhu

श्वेत–गंगा हाइड्रोपावरको साधारणसभा मंसिर ६ गते

nabil

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर ६ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले आठौं वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २० गतेसम्म कायम सेयरधनी मात्रै सभामा भागलिन पाउने छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal