काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । लघुवित्तको बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको सेयरमूल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
आइतबार सोही मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्