Skip to content
Prabhu

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष छुट पाउने भएका छन् । बैंकले लेमन ट्री प्रिमियरसँग आफ्ना ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरेको हो ।

बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ उत्प्रेरित गराउँदै डिजिटल बैंकिङ्गको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ । ग्राहकहरूलाई डिजिटल कारोबारमा सहजता र लाभ प्राप्त गराउनका लागि बैंकले समय समयमा विविध ग्राहकमैत्री योजना सार्वजनिक गर्दै आएको छ ।

ग्राहकहरूले डिजिटल कारोबार गर्दा प्राप्त हुने छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले हाल देशभर ६० जिल्लामा फैलिएका १९७ शाखा, १६२ ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग ईकाइहरू मार्फत १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal