काठमाडौं । यो समय लाभांश वितरण गर्ने सिजन हो । नेप्सेमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिरहेका छन् भने केहीले लाभांश पारित गरेर आफ्ना सेयरधनीहरुलाई वितरण समेत गरिसकेका छन् । केही भने अझै पनि लाभांश घोषणा गर्ने सकेका छैनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म ७ वटाले बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये एभेरेष्ट बैंकले लाभांश वितरण समेत गरिसकेको छ । त्यस्तै सिटिजन्स र सानिमा बैंकको बुक क्लोजको मिति तय भइसकेको छ । अझै पनि ४ वटा बैंकको सेयर किन्दा लाभांश पाउने सम्भावना कायमै रहेको छ ।
लाभांश घोषणा गरेका बैंकमध्ये स्टान्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंकको सेयर खरिद गर्दा लाभांश पाउन सकिने छ । यी बैंकको कुबक्लोज अझै पनि बाँकी रहेको छ ।
ग्लोबल आइएमई बैैंक
ग्लोबल आइएमई बैंकले आफ्ना सयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले उक्त लाभांश पारित आवश्यक पर्ने वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ मंसिर ८ गतेसम्म सेयर खरिद गर्नेले बैंकको लाभांश पाउन पाउने छन् ।
नबिल बैंक
नबिल बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले हालसम्म बुकक्लोजको मिति तय गरेको छैन् । तसर्थ यो बैंकको सेयर खरिद गर्दा लाभांशको लाभ लिन सकिने छ ।
स्ट्याण्डर्ड चार्टर्ड
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेका बैंकमध्ये अहिलेसम्मको यो उच्च दर हो । बैकको यही कात्तिक १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो यो बैंकको पनि बुकक्लोजको मिति घोषणा हुन बाँकी रहेको छ । अझै पनि यो बैंकको सेयर खरिद गर्दा लाभांश पाउन सकिन्छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस बैंकले पनि बुकक्लाजको मिति तय गरेको छैन्। जस कारण अझै पनि सेयर खरिद गर्ने लगानीकर्ताहरुले घोषित लाभांश पाउन सक्नेछन् ।
बैंकहरुले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र सम्बन्धित बैंकहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्