Skip to content
Prabhu

असोजको बाढीको क्षतिः बीमा कम्पनीमा साढे १० अर्बको दाबी, ४७ करोड भुक्तानी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

nabil

काठमाडौं । गत असोज महिनाको दोस्रो साता परेको अविरल वर्षाका कारण भएको क्षतिको साढे १० अर्बभन्दा माथिको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढी पहिरोबाट १० अर्ब ५३ करोड २७ लाख ८८ हजार ९८८ रुपैयाँको बादी परेको हो ।

लघु निर्जीवन बीमा कम्पनीमा समेत गरेर १८ वटा कम्पनीमा उक्त रकम बराबरको दाबी परेको हो । असोजको १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सबैभन्दा बढी उपत्यकासहित बागमती प्रदेश प्रभावित भएको थियो । प्राधिकरणका अनुसा ३ हजार ४६० वटा दाबीमार्फत साढ १० अर्बभन्दा बढी रकमको दाबी कम्पनीहरुमा परेको छ ।

हालसम्म बीमा कम्पनीहरुले ४७ करोडभन्दा बढीको दाबी भुक्तानी गरेका छन् । कम्पनीहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ भुक्तानी गरेका छन् । बीमा कम्पनीहरुमध्ये दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यो कम्पनीले मात्रै हालसम्म २५ करोड १९ लाख ८८ हजार ५५८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा परेको ४५० वटा दाबीमध्ये ३४८ वटा दाबीको भुक्तानी भएको छ ।

शिखर इन्स्योरेन्सले ठूला र लघु बीमा गरी १८ वटा कम्पनीहरुले भुक्तानी गरेको जम्मा रकमको आधाभन्दा बढी रकम एक्ललैले भुक्तानी गरेको छ । दोस्रो ठूलो दावी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले हालसम्म ७ करोड ६७ लाख ६५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार दि. ओरियन्टल इन्स्योरेन्सले ७ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै यो अवधिमा नेको इन्स्योरेन्स कम्पनीले २ करोड ३४ लाख ९३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यो अवधिमा हिलमाय एभरेष्ट इन्स्योरेन्सले ३ करोड ५५ लाख ८३ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख २१ हजार, नेशनल इन्स्योरेन्सले २२ लाख ५३ हजार र आइजिआई प्रूडेन्सियलले १ करो २५ लाख ४७ हजार रुपैया दाबी भुक्तानी दिएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीले ५६ लाख ६९ हजार रुपैयाँ, सानिमा जिआईसीले ७८ लाख २५ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले ९८ लाख ७७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ लाख १२ हजार रुपैयाँ, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले ५१ लाख रुपैयाँ भुक्तानी तिरेको छ । त्यस्तै लघु बीमा कम्पनी तर्फ स्टार माइक्रोले २६ हजार र नेपाल माइक्रो २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal