काठमाडौं । बलेफि हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबार दिनको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले बढेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ७० पैसाले बढेर ३७० रुपैयाँ ९० पैसा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म समग्र बजार पनि ३० दशमलव ३२ अंकले बढेर २७०५ दशमलव ८४ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.१३ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७१ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्