काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७२०.५३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशत बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २५.६१ प्रतिशत बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खर्च भने समीक्षा अवधिमा ४३.६३ प्रतिशत घटेर ३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ १७ पैसा बढेर १२ रुपैयाँ १२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ । ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।












प्रतिक्रिया दिनुहोस्