Skip to content

मन्त्री भण्डारीद्वारा आयल निगमको निरीक्षण

nabil
global ime

रुपन्देही । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनलाई रुपन्देही क्षेत्र नं १ का सांसद तथा नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले आयल निगमको निर्माणले पेट्रोलियम क्षमता भण्डारणमा सहयोग गर्ने भएकाले यसको निर्माणलाई तीव्रता दिन आग्रह गरे।

त्यस क्रममा रासससँग सङ्क्षिप्त कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयल निगमको निर्माणका विषयमा यहाँका सांसद तथा जनप्रतिनिधिले चासो देखाएको बताउँदै आफू काठमाडौँ पुग्नेबित्तिकै यसबारेमा छलफल अगाडि बढाउने बताए।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव ५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गरिरहेको छ ।

करिब ३ अर्बको लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको छ । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्र्यांक निर्माण गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima