काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेको हो ।
कम्पनीको प्रतिकित्ता सेयर मूल्य ९३ रुपैयाँ २० पैसाले घटेर ८३८ रुपैयाँ ८० पैसा पुगेको छ । समग्र बजार परिसूचक बढ्को अवस्थामा पनि यो कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्न पुगेको हो ।
यो अवस्थामा समग्र बजार परिसूचक भने ८ दशमलव ६६ अंकले बढेर २७४३ दशमलव ४९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७४ करोड बढीको कारोकार भएको छ ।
प्रतिक्रिया दिनुहोस्