Skip to content

कुथेली बुखरीको खुद नाफा ४३.२८ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले प्रकाशित गरेको छ। सो कम्पनीको विवरणअनुसार नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८९ लाख ३८ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४३.२८ प्रतिशत घटेको हो।

विद्युत बिक्री आम्दानी सामान्य घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.०३ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३.९९ प्रतिशत घटेको छ। कम्पनीको ह्रासकट्टी खर्च भने समीक्षा अवधिमा ३२४.८२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima